काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूको बैठकले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ ।
Advertisement
बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले भने सभापति शेरबहादुर देउवाको टिमको अपरिपक्वता र स्वार्थमा केन्द्रित सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालिएको बताए ।
‘जुन खालको घटनाक्रम भयो त्यो दुःखद र अपरिपक्व, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखियो,’ उनले थपे, ‘त्यसले पार्टीलाई नैराश्यता जन्माएको छ ।’