काडमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज कालो अंगुर र गुन्द्रुकको औसत मूल्य २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, अदुवा, भेडे खुर्सानी, ब्रोकाउली र लोकल गाजरको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार २७६ रुपैयाँ ६७ पैसा, अमला, बुलेट हरियो खुर्सानी, ग्याठ कोबी, चमसूरको साग, चिचिण्डो, तरुल, मकै बोडी, मेथीको साग, परवर, सखरखण्ड र सौफको साग प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा रहेको छ भने अम्बा १४० रुपैयाँ, आभोकाडो, शरीफा, सेलरी र पुदीना प्रतिकेजी २७५ रुपैयाँ, रातो आलु ५१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, सेतो आलु २९ रुपैयाँ, तराई काउली २५ रुपैयाँ, स्थानीय काउली, हाइब्रीड काक्रो, हाइब्रीड मूला, ३० रुपैयाँ, कागती १०० रुपैयाँ किनु १५६ रुपैयाँ ६७ पैसा, किवि २२५ रुपैयाँ र अकबरे खुर्सानी ३७५ रुपैयाँ रहेको छ ।
यसैगरी सुकेको खुर्सानी प्रतिकेजी ४२५ रुपैयाँ, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, नेपाली गोलेभडा ३६ रुपैयाँ ६७ पैसा, भारतीय गोलभेडा ४६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा १७ रुपैयाँ ६० पैसा, तराई गोलभेडा २८ रुपैयाँ ३३ पैसा, लोकल गोलभेडा १५ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, लोकल घिउ सिमी, बरेला र चुकुन्दर ७५ रुपैयाँ, घिरौला ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, छ्यापी सुकेको २७५ रुपैयाँ, जिरीको साग ३६ रुपैयाँ ६७ पैसा, जुनार २३५ रुपैयाँ, टाटे सिमी २९ रुपैयाँ, हरियो तरबुजा ५२ रुपैयाँ ५० पैसा, छडी र बचुवा माछा २४६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, मुंगरी ताजा माछा २३६ रुपैयाँ ६७ पैसा, रहु माछा ३४० रुपैयाँ, तितो करेला र तामा ९६ रुपैयाँ ६७ पैसा, तोफु १२६ रुपैयाँ ६७ पैसा, तोरीको साग ३६ रुपैयाँ ६७ पैसा, पार्सले ३७५ रुपैयाँ, पालूगो साग र बकूला ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४९ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, भिण्डी ९५ रुपैयाँ, रायोको साग ३५ रुपैयाँ, सुकेको चाइनिज लसुन १७६ रुपैयाँ ६७ पैसा, सुकेको नेपाली लसुन ११० रुपैयाँ, सजिवन २१० रुपैयाँ, सलगम ४५ रुपैयाँ, स्कूस २८ रुपैयाँ ३३ पैसा, फूजी स्याउ २५० रुपैयाँ, ज्यापु काउली ४० रुपैयाँ र हरियो धनिया ५५ रुपैयाँ रहेको छ ।