काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्।
Advertisement
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
एमाले, माओवादीसहित सात दलको समर्थनमा प्रचण्ड संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन्।
उनलाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राप्रपा र जसपाका सांसदहरूले समर्थन गरेका छन्।
एमालेसँग ७८, माओवादी ३२, स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, जनमत ६, नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले प्रचण्डलाई प्रधानमन्त्रीका लागि समर्थन गरेका छन्।
यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहले पनि प्रचण्डलाई समर्थन दिएका छन्। यससँगै प्रचण्डका लागि १६९ सांसदको समर्थन हासिल भएको छ।
