काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । एमाले नेताहरु माओवादीसँगको सम्भावित गठबन्धनको प्रयासमा लागिरहेका बेला लामिछाने बालकोट पुगेका हुन् ।
Advertisement
लामिछानेको दलसँग २० जना सांसद छन् ।
अहिले सरकार गठनका लागि दलका नेताहरू निर्णायक छलफलमा जुटेका छन् ।
ओली निवासमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि छलफलका लागि पुगेका छन् ।