काठमाडौं- अमेरिकी डलरको मूल्य हिजोको तुलनामा आज थोरै बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार हिजो अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १३ पैसा तोकिएकामा आज १३२ रुपैयाँ २८ पैसा पुगेको छ। यस्तै, बिक्री दर हिजो १३२ रुपैयाँ ७३ पैसा रहेकामा आज १३२ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।
युरोको भाउ आज थोरै घटेको छ। हिजो युरो १ को खरिद दर १४० रुपैयाँ ७४ पैसा रहेकामा आज १४० रुपैयाँ ३९ पैसा कायम गरिएको छ। यस्तै, बिक्री दर हिजो १४१ रुपैयाँ ३८ पैसा रहेकामा आज १४१ रुपैयाँ ३ पैसा कायम गरिएको छ।
यस्तै, कतारी रियाल आजका लागि १ को खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।
साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ १८ पैसा र बिक्री दर ३५ रुपैयाँ ३४ पैसा तोकिएको छ। यूएईको दिराम खरिदतर्फ ३६ रुपैयाँ २ पैसा र बिक्रीतर्फ ३६ रुपैयाँ १८ पैसा तोकिएको छ।
मलेसियन रिंगिट १ को खरिद दर २९ रुपैयाँ ८९ पैसा र बिक्री दर ३० रुपैयाँ ३ पैसा तोकिएको छ। कुवेती दिनारले सधैंझैं सबैभन्दा महँगो मुद्राको रेकर्ड कायम राखेको छ। कुवती दिनार आजका लागि १ को खरिद दर ४३१ रुपैयाँ ७० पैसा र बिक्री दर ४३३ रुपैयाँ ६५ पैसा तोकिएको छ।
कुवती दिनारलाई पछ्याउँदै बहराइनको दिनारले पनि दोस्रो महँगो मुद्राको रेकर्ड कायम राखेको छ। बहराइनको दिनार १ को खरिद दर ३५० रुपैयाँ ८६ पैसा र बिक्री दर ३५२ रुपैयाँ ४५ पैसा तोकिएको छ।