साेलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका-१ स्थित नेले बजारमा आगलागी भएको छ। आगलागीबाट पाँच घर जलेर नष्ट भएकाे छ।
Advertisement
स्थानीय बुद्धि बहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले उनको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र अर्का एक स्थानीयको घर जलेर पूर्ण नष्ट भएको छ भने प्रणय राईको आधा घर जलेको प्रहरीले बताएको छ। आगो निभाउनका लागि स्थानीय र प्रहरीले पहल गरिरहेका छन् भने सल्लेरीबाट नगरपालिकाको दमकल झिकाइएको वडाध्यक्ष घनराज सुनुवारले जानकारी दिए।
मंगलबार अपराह्न ४ बजेबाट सुरु भएको आगाे अहिलेसम्म नियन्त्रणामा आउन सकेकाे छैन।