काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेताका लागि इतर समूहबाट डा. शेखर कोइरालाले महामन्त्री गगनकुमार थापाको नाम प्रस्ताव गर्ने भएका छन्।
Advertisement
मंगलबार होटल एम्बेस्डरमा बसेको इतर समूहको बैठकले यस्तो निष्कर्ष निकालेको हो। स्रोतका अनुसार यो बैठकबाट शेदरको साथ लिएर गगनले सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा लड्ने भएका हुन्।
उनीहरुबीचको सहमतिअनुसार यही पाँच वर्षमा फेरि संसदीय दलको चुनाव हुने भएमा शेखरलाई गगनले छाड्ने भएका छन्। त्यो अवस्थामा गगनले दाबी नगर्ने सहमति भएको हो।