• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैनः आयल निगम


    Avatar photo
सोमबार, पुष ०४, २०७९ मा प्रकाशित

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ ।

Advertisement

भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यसविपरीत मूल्य समायोजन गर्ने गरेको देखिन्छ ।

नेपाल आयल निगमले गत शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ । आइओसीबाट पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाइ इन्धन १० रुपैयाँ ६१ पैसा मूल्य घटेर आएको थियाे । तर, निगमले भने ५० प्रतिशतभन्दा बढी कम गरेर मूल्य समायोजन गरेको हो । भारतबाट घटेर आएअनुसार निगमले मूल्य समायोजन नगरेको यो पहिलेपटक भने होइन । आफूलाई घाटामा देखाउँदै निगमले उचित मूल्य समायेजन नगर्ने गरेको आरोप लाग्दै आएको छ ।

आइओसीले मूल्य बढाएर पेट्रोलियम पदार्थ पठाउँदा नेपालमा भाउ बढाउने निगमले मूल्य घटेर आउँदा घटाएको देखिँदैन । यदि घटाइहाल्नुपर्दा पनि निकै कम घटाउने गरेको उपभोक्ताहरु बताउँछन् । पाँच महिनादेखि निगमले उचित मूल्य समायोजन गरेको नगर्दा जनताले सास्ती भोग्नु परको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताए ।

उनले निगमलाई अमुक बैंकबाट ऋण लिनु भनेको सरकार र निगमबीचको चलखेलले समयमै उचित मूल्य समायोजन हुन नसकेको आरोप लगाए । वैज्ञानिक ढंगबाट मूल्य समायोजन गर्नुपर्नेमा जोड दिँदै महासचिव तिमिल्सिनाले भने, ‘पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढाइदेउ, घट्दा पनि घटाइदेउ । यसो गर्दा उपभोक्ता मारमा पर्ने छैनन् ।’

निगमले हवाइ इन्धनमा पनि अत्याधिक नाफा लिइरहेको उनको दाबी छ । सरकारले जनतालाई भ्याट र ब्याजको नामा ठगी गरिरहेको उनको भनाइ छ । कमिसन र अनावश्यक सुविधा लिने संस्था र कर्मचारीको कायैशैली परिवर्तन नभए अझै उपभोक्ताले महंगी र असमान मूल्यको सामना गर्नुपर्ने महासचिव तिमिल्सिनाको भनाइ छ ।

उनले भारतबाट पेट्रोलियम पदार्थ मूल्य घटेर आउँदासमेत निगमले मूल्य घटाएर समायोजन नगर्नुको कारण सरोकारवालासँग जवाफ मागे । मूल्य घटेर आउँदा पनि निगम घाटामा रहेको बहाना देखाएर मूल्य समायोजन नगर्दा मुनाफा जति सबै राज्यको कोषमा जम्मा भइरहेको उनको आरोप छ ।

तर, नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निमगमाथि लगाएको आरोप अस्वीकार गरेका छन । मूल्य समायोजन गर्दा कुनै पनि चलखेल नभएको दाबी गर्दै उनले भने, ‘निगमले कुनै किसिमको चलखेल गरेको छैन । हामी शतप्रतिशत पारदर्शी रुपमा मूल्य समायोजन गरेका छौँ ।’

निगम अझै २० अर्ब बढी ऋणभारमा रहेको भन्दै उनले आवश्यकताअनुसार मूल्य घटाउन भने नसकेको स्वीकारे । ‘जति मूल्य घटाउनु पर्ने हो, त्यति मूल्य निगमले घटाउन सक्ने अवस्थामा अझै आइपुगेको छैन,’ उनले भने ।

गत ६ महिनाअघि पेट्रोल र डिजेलको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यस बेलादेखि नै पेट्रोलियम पदार्थक मूल्य अकासिएको थियो । निगमले गत ८ जेठमा सार्वजनिक गरेको विज्ञप्तिअनुसार ३ अर्ब ३५ करोडभन्दा बढी घाटा रहेको थियो । सोही मितिदेखि गत शुक्रबारसम्म निगमले भारतबाट ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोललाई १८०, डिजेल र मट्टितेल १६३ रुपैयाँमा बेचिरहेको थियो । त्यस दिनदेखि नै पेट्रोल १८०, डिजेल र मट्टितेल १६३ मूल्य निगमले तोकेको थियो । जेठयता पनि भारतबाट मूल्य घटेर आउँदा निगमले मूल्य नघटाइ बेचिरहेको थियो । भारतले गत मंसिर १५ गते पठाएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपैयाँ र हवाइ इन्धनमा ४२ रुपैयाँ १६ पैसा नाफा हुँदा पनि निगमले मूल्य घटाएन ।

सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.