काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
उनका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन् । मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२ चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परि २०, दलदलमा परेर र सडक दुर्घटनामा परि एक÷एक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक÷एक गैँडा मरेको उनको भनाई छ । घडीयाल गोही र गौरीगाई तीन÷तीन प्राकृतिक कारणले मरेका छन् ।
हात्ती, जरायो, बँदेल, कछुवा दुई÷दुई वटा पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस एक÷एक वटा मरेका छन् । यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न पाएका छैनन् ।