काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १ का केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । यसैगरी तराईका केही भू–भागमा भने बिहानको केही समय हुस्सु र कुहिरो लाग्नेछ ।
Advertisement
हुस्सु र कुहिरो लागेसँगै तापक्रम घट्दै जान थालेको छ । जसका कारण बिहान र बेलुका तराईमा पनि जाडो बढेको छ । तर घाम लागेसँगै यो हट्दै जाने विभागको भनाइ छ ।
आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको विभागले जनाएको छ ।