• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लागुऔषध दुर्वयसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ


बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित

महेन्द्रनगर : खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित सीमा जोडिएका क्षेत्रबाट भारतबाट लागुऔषध बढीमात्रामा ओसारपसार हुने गरेको छ ।

Advertisement

केही वर्षअघि बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा लागुऔषध तस्कर प्रहरीबीच झडप हुँदा एक भारतीय लागुऔषध ओसारपसारमा संलग्न युवक मारिएका थिए । कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा सयौँ युवायुवतीलाई पक्राउ गरी धमाधम कारबाही गरिरहेको भए पनि दुव्र्यसन र ओसारपसारमा कमी भने देखिएको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मात्रै बितेको पाँच महिनामा पाँच भारतीय नागरिकसहित ८७ जना लागुऔषध दुव्र्यसन र कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले चालु आर्थिक वर्षमा लागुऔषधसम्बन्धी ४३ वटा मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढेको बताए।

पक्राउ परेका ८७ मध्ये पाँच भारतीय, चार महिला र बाँकी पुरुष छन् । प्रहरीका अनुसार पक्राउपर्ने अधिकांश युवापुस्ताका बढी छन् । प्रहरीले चालु आर्थिक वर्षको हालसम्म कञ्चनपुरमा छ किलो चार सय २७ ग्राम चरेस र २६२.८८ ग्राम खैरो हिरोइनसमेत अभियुक्तबाट बरामद गरेको छ ।
‘जिल्ला प्रहरीमा आउने मुद्दमा मात्रै ३० प्रतिशत लागुऔषधसम्बन्धी नै छन् ।’ उनले भने, ‘लागुऔषध प्रयोगबाट अरु आपराधिक घटना घटिरहेका हुन्छन्।’

लागुऔषध नियन्त्रणका लागि विभिन्न युनिटलार्य सीमा क्षेत्रमा समेत सक्रिय गराएको कञ्चनपुर प्रहरीको नेतृत्व नै अहिले वडास्तरसम्म पुगेर लागुपदार्थ दुर्वयसनसम्बन्धी सचेतनामूलक कार्यक्रम जिल्लाभर सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरी स्वयं लागुपदार्थ नियन्त्रणका लागि सचेतनामूलक कक्षा सञ्चालन गरिरहेका छन। जिल्लामा प्रहरी र कतिपय स्थानमा पालिकासित समन्वय गरेर पनि विद्यार्थीदेखि गाउँ समाजमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘लागुऔषध नियन्त्रण र सन्ततिलाई लतबाट टाढा राख्न अभिभावक पनि स्वयं जिम्मेवार हुन आवश्यक छ ।’

यहाँस्थित लागुऔषध दुव्र्यसन रोकथाम अभियान नेपाल प्रदेश संयोजक मदन चन्द पनि लामो समयदेखि यहाँ विद्यालय सचेतना कक्षा सञ्चालन गरिरहेका छन् । उनले युवापुस्तालाई दुव्र्यसनबाट रोकथाम गर्न घरमा अभिभावकदेखि विद्यालयमा शिक्षकसम्मको सहजीकरण आवश्यक रहेको बताए।

‘भारतीय खुला सीमा नाकाबाट खैरो हिरोइन आयात भइरहँदा भारतीय निकायबाट पनि कडाइ हुनेगरी सरकारले छलफल गर्न आवश्यक छ,’ उनले भने, ‘राज्यले अहिले यो विषयमा गम्भीर नभए पछिको पुस्ता नै दुव्र्यसनमा फस्दै जाने डरलाग्दो अवस्था छ।’

उनले वडादेखि पालिकासम्म कक्षा सञ्चालनका लागि बोलावट भइरहको बताए। ‘निर्वाचनका कारण धेरै ठाउँमा पुगेर कक्षा सञ्चालन गर्न सकिएन,’ उनले भने, ‘अब पुनः सरोकारवाला निकायसित सहकार्य गरेर अभियान सञ्चालन गर्छौं।’

बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.