• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

‘चलचित्र होइन, प्रोजेक्ट बनिरहेका छन्’ : निर्देशक झा


मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित

काठमाडौँ : ज्वलन्त सामाजिक विषयमाथि सशक्त चलचित्र तयार गर्ने निर्देशकको रुपमा भारतीय निर्देशक प्रकाश झा परिचित छन । निर्मातासँगै केही समययता अभिनेताको रुपमा समेत प्रस्तुत भएका झाले वृत्तचित्रको सन् १९७५ मा सुरुआत गरेका थिए। भारतको विहारमा हुर्किएका झा भारतीय चलचित्र उद्योगमा आफ्नो प्रभाव छाड्न सफल भएका छन।

Advertisement

नेपालसित सीमा जोडिएको क्षेत्रमा हुर्किएका झा दोस्रो पटक नेपाल आएका हुन। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणमा सहभागी हुन उनी पहिलो पटक काठमाडौँ आएका थिए भने दाेस्रो पटक काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा सहभागी भएर केही दिनअघि भारत फर्किएका छन।

‘गङ्गाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्युह’, ‘सत्याग्रह’, ‘आरक्षण’ चलचित्र निर्देशन गरिसक्नुभएका झाले दर्शकले बुझ्ने भाषामा चलचित्र बनाउनुपर्ने बताए। ‘व्यावसायिक जोखिम कम गर्दै कलात्मक चलचित्र बनाउने कोसिसु गर्नुपर्छ । चलचित्र भनेको व्यवसाय हो, त्यसैले हलसम्म आउने दर्शक तपाईको कामबाट सन्तुष्ट हुनुपर्छ । कलात्मक अभिव्यक्तिका लागि चलचित्र बनाउने गरेका छौँ भन्ने सोच छ भने त्यो भ्रम हो,’ निर्देशक झाले भने, ‘मैले दर्शकका लागि गङ्गाजल र राजनीतिजस्तो चलचित्र बनाएको छु।’

निर्देशक झा सुरुआती समयमै ‘दामुल’, ‘परिणति’, ‘मत्युदण्ड’जस्ता चलचित्रले प्रशंसा बटुल्न सफल भए। तर अर्को काम गर्न आर्थिक लाभ दिन नसकेको उनीसित सम्झना छ । ती चलचित्रले उनको कामलाई चिनाउन सके पनि आम दर्शकलाई बुझ्न गाह्रो भयो । त्यही समस्या अहिले पनि भारतीय चलचित्र उद्योगमा उनले देख्छन। कथावस्तुमा मेहनत नगरिनु यसको मुख्य कारण झा ठान्छन।

‘कथावस्तु छाडेर प्रोजेक्ट बनाइरहनु गल्ती हो,’ उनले भने, ‘पहिला कर्पोरेट हाउसले लगानी गर्दा कथावस्तुसँगै कलाकारको चयन निर्देशकले गर्थे । अहिले हाउसले नै स्टारको समयअनुसार चलचित्रको योजना बनाइरहेका छन् । कथामा नभई स्टारमा लगानी भइरहेको छ । त्यसैले अहिले प्रोजेक्ट बनिरहेको छ,’ निर्देशक झाले भने।

‘आश्रम’ नामक वेबसिरिजमार्फत ओटिटीमा प्रवेश गर्नुभएका निर्देशक झाले चलचित्र मन्दिरकै लागि ‘धर्म क्षेत्र’ र ‘जनादेश’ चलचित्रमा काम गरिरहेको जानकारी दिए। ‘मेरो चलचित्रले कथा भनेका हुन् । त्यसले कुनै बहस अगाडि ल्याओस् भनेर म बनाउदिन तर आफूलाई लागेको कथा भन्छु । मेरो शैली भने फरक छ,’ निर्देशक झाले भने, ‘कुनै चलचित्रमा प्रेमी र प्रेमिकाको बिछोडको कारण धनी र गरिबबीचको खाडल हुनसक्छ तर मैले त्यहाँ वैचारिक द्वन्द्व र सामाजिक सभ्यतालाई देख्छु । मैले सोच्ने र बुझ्ने कथा अन्यभन्दा फरक हुन् सक्छन्।’

भारतको लोकसभा निर्वाचनमा समेत सहभागिता जनाइसकेका निर्देशक झाले व्यवस्थाविरुद्धको आक्रोश चलचित्रमार्फत नै ल्याएको स्वीकारे। ‘मैले नेता बनेर भन्न चाहेका तथ्यलाई चलचित्रमार्फत भनेको हुन सक्छु । किनकी चलचित्रकर्मी सरकारको विपक्षीको भूमिकामा रहनुपर्छ भन्ने मेरो बुझाइ छ,’ उनले भने। नेपाली चलचित्र र चलचित्रकर्र्मीसँग नजिक रहेका निर्देशक झाले आफ्नो आँखाले धेरै नेपाली कथा देखिरहेको बताए। यद्दपि, उनी नेपाली चलचित्र निर्देशन गर्ने कुनै योजनामा भने तत्काल छैन्न। नेपाली चलचित्र निर्देशकसँग सहकार्य गर्नसक्ने विषय भने उनी नकार्दैन्।

‘मैले यहाँको कथा भन्न सक्दिन । किनकी मैले अहिलेसम्म आफ्नो ठाउँबाहेक अन्यन्त्रको कथा भनेको छैन तर, नेपाली चलचित्रकर्मीसँग नजिक भएर काम गर्न सक्छु । मेरो चलचित्रप्रतिको बुझाइलाई उहाँहरूले प्रयोग गर्नसक्नु हुन्छ,’ निर्देशक झाले भने, ‘हाम्रैझैँ कथा र पटकथाको समस्या यहाँ पनि छ जस्तो लाग्छ । प्राविधिक झैँ कथावस्तुमा पनि मेहनत आवश्यक छ।’ उनको टोलीले केही नेपाली विषयवस्तुमा सहकार्य गर्ने गरी काम गरिरहेको जानकारी दिए।

नेपाली चलचित्रलाई विश्वभर लैजाने सन्दर्भलाई उनी विषयवस्तुसित जोडिन्छन। ‘विश्वव्यापी विषयवस्तु नल्याउँदासम्म दर्शक पाउन सक्दैनौँ । स्टारको सट्टा विषयवस्तुमा मेहनत गर्नुस्,’ निर्देशक झाले भने।

मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.