एजेन्सी– भारतको राजस्थानस्थित जोधपुरमा बिहिबार एक घरमा विवाह समारोहमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा ५५ जना घाइते भएका छन् । ले प्रकाशित गरेको छ ।
बीबीसीका अनुसार जोधपुरको शेरगढ थाना इलाकामा बिहिबार बेलुका चार सिलिन्डर फुट्दा ठूलो दुर्घटना भएको थियो । हालसम्म पाँचजनाको मृत्यु भएको छ । जलेर घाइते भएका ५५ जनाको जोधपुरको जिल्ला अस्पतालमा उपचार जारी छ ।
प्रहरी थाना शेरगढ प्रभारी देवेन्द्र सिंहले बीबीसी हिन्दीलाई दिएको जानकारी अनुसार शेरगढ थाना इलाकामा भुंगरा बस्ती छ, त्यहाँ एक परिवारमा युवतीको विवाहको कार्यक्रम थियो । यति नै बेला चार सिलिन्डर बिस्फोट भयो ।’
जोधपुर ग्रामिण एसपी अनिल कुमारले भने, ‘ग्यास लिक हुँदा सिलिन्डर ब्लास्ट भएका थिए । ५५ जना जलेका थिए जसलाई जोधपुरको एमबीएम अस्पतालमा भर्ना गरियो । पाँचजनाको मृत्यु भयो ।’
उनले भने, ‘अस्पतालमा भर्ना भएका २५ जना गम्भीर छन् । उनीहरु ६० प्रतिशतभन्दा बढी जलेका छन् ।’
विवाह समारोहमा आगलागी हुँदा ५ को मृत्यु, ५५ घाइते
विवाह समारोहमा आगलागी हुँदा ५ को मृत्यु, ५५ घाइते
Advertisement
तपाईको प्रतिक्रिया