जनकपुरधाम- स्कुलको बसको ठक्करबाट एक पूजारीको मृत्यु भएको छ।
Advertisement
धनुषा जनकपुरधाम उपमहानगर-१ मुसहरी टोलमा अपराह्न ४ बजे मोनास्टिक स्कुलको बसले ठक्कर दिँदा पूजारीको मृत्यु भएको हो।
मृतक जनकपुर-१९ बेंगाशिवपुरका ७५ वर्षीय पूजारी जहरा दास रहेको प्रहरीले जनाएको छ। मोनास्टिक माविको ना१क ३१२४ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो।
बस र चालक मनोज मिश्रलाई पक्राउ गरेर कानूनी कारवाही अगाडि बढाएको छ।