काठमाडौं– विद्युत मोटरबाट आफ्नै खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर रौतहटमा एक जना युवकको मृत्यु भएको छ । गुजरा नगरपालिका–४ का २५ वर्षीय मेघनाथ चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीयका अनुसार मदिरा सेवन गरी मोटरबाट पानी पटाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर अचेत भएका चौधरिलाई उपचारका लागि कनकपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
शवलाई पोष्टमार्टमको प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Advertisement