दार्चुला : दार्चुलास्थित नेपाल भारत जोड्ने महाकाली नगरपालिका-४ झुलाघाट सीमामा दुई पक्षबीच ढुंगा हानाहान भएको छ। आइतबार साँझ करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान भएको हाे।
Advertisement
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीका अनुसार महाकाली पारि भारतीय पक्षले तटबन्धन बनाउन ग्याबिन वालहरू लगाइरहेको छ। त्यसक्रममा कामदारले सुरूमा ढुंगा हानेपछि यताबाट पनि हानेर पठाएको इन्स्पेक्टर शाहीले बताए।
घटनापछि जिल्लाबाट डिएसपीको कमान्डमा खटिएको वार्ता टाेलीले दुई पक्षबीच वार्ता गरेकाे छ।
ढुंगा हानाहान भएपछि एक घण्टा सीमा बन्द भएपनि अहिले खुलेको छ।