काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत अवस्थामा भेटिएका छन्।
Advertisement
उनी शुक्रबार दिउँसो सवा १२ बजे कार्यालयको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ। उनको मृत्युका बारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।