धनगढी- मोटरसाइकल चोरेर भाग्दै गरेका एक युवक सोही मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका छन्।
Advertisement
धनगढी उपमहानगरपालिका-२ हुलाकी रोडमा भन्सारबाट हुलाकी सडकखण्डतर्फ जाँदै गरेको से५प ९०७७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी करिब २२ वर्षका युवक गम्भीर घाइते भएका हुन्।
घाइतेको परिचय भने खुलेको छैन। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पातालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहीबार राति धनगढी-२ का सियाराम मण्डलको घरमा पार्किङ गरी राखेको उक्त मोटरसाइकल चोरी भएको थियो।
शुक्रबार बिहान प्रहरीमा चोरीबारे खबर गरिएको थियो। त्यसपछि खोजतलास शुरु गरेको प्रहरीले शुक्रबार बिहान उक्त मोटरसाइकल दुर्घटना भएको अवस्थामा फेला पारेको हो।
मोटरसाइकल अनियन्त्रित भई सडक किनारको पोलमा ठोक्किएर दुर्घटना भएको हो।