काठमाडाैं : बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन्। सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन।
Advertisement
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन।
महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको व्यवसायीहरु बताउँछन्।
सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय छाड्ने अवस्था आउने उनीहरुको भनाइ छ।