वालिङ- स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन्।
Advertisement
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेकी पदमाकुमारी अर्याललाई ६५४ मतान्तरले पछि पारेका छन्।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार ९०१ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार अर्यालले तीन हजार २४७ मत प्राप्त गरेकी छन्।
स्याङ्जा–२ मा गएरातिदेखि मत गणना शुरु भएको हो। हालसम्म गल्याङ नगरपालिको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ को मतगणना सकिएको छ।