लन्डन- भारतीय मूलका ऋषि सुनक ब्रिटेनको प्रधानमन्त्री हुने भएका छन्।
Advertisement
उनी कन्जरर्भेटिभ पार्टीको नेता चुनिएका छन। यसका साथै उनी ब्रिटेनको पहिलो एसियाली मुलुकको प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ।
सोमवार एक कार्यक्रमका बीच उनलाई ब्रिटेनको आगामी प्रधानमन्त्रीको रूपमा औपचारिक घोषणा गरिएको छ। न्युज एजेन्सी एएनआईका अनुसार उनको ससुरा तथा इन्फोसिसका सस्थापक एनआर नारायण मूर्तिले यो खुशीमा आफ्ना छोरी–ज्वाईंलाई बधाई दिएका छन्।
ऋषिले इन्फÞोसिसका संस्थापक नारायण मूर्तिकी छोरीसँग विवाह गरेका हुन्। ब्रिटेनको सबैभन्दा धनी महिलामध्ये ऋषिकी श्रीमती अक्षता पनि पर्छिन्। ऋषिले उनीसँग सन् २००९ मा विवाह गरेका थिए। अक्षता ७३ करोड पाउन्ड सम्पत्तिकी मालिक हुन्। त्यो भनेको नेपाली रुपैयाँमा एक अर्ब नौ अर्ब ५० करोड हुन आउँछ।