काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् ।
Advertisement
यसअघि काठमाडौँ २ र ललितपुरमा संयुक्त चुनावी सभा गरेको गठबन्धनका शीर्ष नेता आज पोखरा जाने भएका छन् ।
प्रशिक्षण कार्यक्रम भनिएको भेलामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । देउवा बिहीबार पोखरा पुगिसकेका छन् ।
शीर्ष नेताले शुक्रबार ११ बजेदेखि गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिने भएका हुन् ।