बाँके : अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ । आज जिल्ला प्रहरी कार्यालयले तिहारका लागि ल्याइएको पटाका राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका विशालबजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीले भारतबाट लुकाइछिपाइ ल्याएको अन्दाजी मूल्य रु एक लाख २० हजार बराबरका १० बोरा विभिन्न प्रकारका पटाका उनकै कोठाबाट बरामद गरेको थियो।
Advertisement
इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल दत्त, वडा नं ४ का वडाध्यक्ष विदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्रमुख र त्यहाँस्थितको पत्रकारको रोहवरमा अवैध पटाका नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।