काठमाडाैं : नेपालका ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाल शनिबार विशेष बुलेटिन जारी गर्दै गत जेठ २२ गते नेपाल पसेको मनसुन सुदूरपश्चिमबाट बाहिरिँदै गएको जानकारी दिएको छ।
Advertisement
आज शनिबारबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ। नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ,’ बुलेटिनमा भनिएको छ।