काठमाडौं : काठमाडौंकाे छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेकाे छ।
महानगरपालिका-१३ बाफलस्थित वीरगंज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा खाजा घर सञ्चालक गोरखा, गोरखा नगरपालिका-१४ घर भएका २२ वर्षीय सन्दिप अधिकारी समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे। प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २९ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित वीरेन्द्र ऐश्वर्य मार्ग नजिक रहेको होटल ब्ल्याक स्टोनमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक मकवानपुर घर भएका ४२ वर्षीय कृष्ण बहादुर लामा समेत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बलम्बुबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर ५०१ मा जुवातास खेलिरहेका उनीहरूलाई नगद ४ लाख २५ हजार रूपैयाँ र २१ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।