बर्दिया : नागरिक उन्मुत्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन।
Advertisement
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले वारेसमार्फत आज उम्मेदवारी दर्ता गराएका हुन।
उनको उम्मेदवारी दर्ता उनको प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो।
२०७४ सालको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका चौधरीलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आएका छन।