पर्सा- वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ २८ लाख ५६ हजार सहित नुवाकोट शिखरवेसी-७ बस्ने ४५ वर्षीया अनिता तामाङ लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।