काठमाडाैं : गण्डकी प्रदेशसभामा स्वतन्त्र सदस्य हैसियतका राजीव गुरुङ (दीपक मनाङे) ले एमाले समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। सत्ता गठबन्धन छाडिसकेको बताउँदै उनले एमालेकै समर्थनमा उम्मेदवारी दिने बताएका हुन।
उनले भने, ‘मैले गठबन्धन पहिल्यै छोडेको हो । म एमालेकै मान्छे हुँ । एमालेकै समर्थनमा चुनावमा उठ्ने हो।’
मनाङ प्रदेश ‘ख’ मा एमालेले कसैलाई पनि उठाएको छैन । राजीव गुरुङ (दीपक मनाङे) लाई एमालेले समर्थन गरेर जाने एमाले मनाङका सचिव एवं प्रदेश ‘क’ का उम्मेदवार राजन गुरुङले बताए ।
तर दीपक मनाङेलाई कांग्रेसले पनि समर्थन गर्ने जनाएको छ । कांग्रेस सचिव सुरेन्द्र गुरुङले प्रदेश ‘ख’ मा दीपक मनाङेलाई समर्थन गरेर जाने भएको बताए । उनी हाल सत्ता गठबन्धनको समर्थनमा हाल गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री छन् ।
सत्ता गठबन्धनबाट मनाङ प्रदेश ‘क’ माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनबाट कपिल लामाले उम्मेदवारी दिने भएका छन् । तर, कांग्रेस समर्थनमा मुनिन्द्रजंग गुरुङ स्वतन्त्र उम्मेदवार बन्ने चर्चा छ । प्रतिनिधिसभामा भने एमालेका पोल्देन छोपाङ गुरुङ र कांग्रेसका टेकबहादुर गुरुङले उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र पार्टीका तर्फबाट मुखिया गुरुङले प्रतिनिधि सभामा उम्मेदवार दिँदैछन् ।