संखुवासभा। खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा कात्तिक १ देखि ५ सम्म अरुण भ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।
Advertisement
आयोजक एड्भान्स क्लवले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगितासम्बन्धी जानकारी दिएको हो । प्रतियोगितामा क्यामरुन र वेष्ट बंगालका टिमसहित १ नम्बर प्रदेशका विभिन्न जिल्लाका ८ टिम सहभागी हुने आयोजक एड्भान्स क्लवका अध्यक्ष ईश्वर घिमिरेले जानकारी दिए ।
महेन्द्र माविको खेलमैदानमा हुने प्रतियोगितामा क्यामरुनको एभिनियर फुटवल क्लब र वेष्ट बंगालको आमुक्त फुटवल टिम सहित धनकुटा, भोजपुर, सुनसरी र संखुवासभाका ८ टिम सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजयी टिमले ३ लाख र उपविजेता टिमले २ लाख पुरस्कार पाउने छन्