काठमाडौं- थाइल्याण्डको प्रि–स्कूल चाइल्ड डे केयर सेन्टरमा एक पूर्व प्रहरी अधिकारीले गोली चलाएका छन्।
Advertisement
यस गोलीबारीमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ। थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा रहेको नोङ बुवा लाम्फुमा भएको आक्रमणपछि बन्दुकधारी फरार छन् ।
मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कम्तीमा २२ बालबालिका छन् । प्रहरीका अनुसार आक्रमणकारीले बालबालिका र वयस्कहरूलाई गोली हाने, छुरा प्रहार गरे र त्यसपछि आफ्नो ज्यान लिए।
प्रहरीका अनुसार बन्दुकधारीलाई गत वर्ष प्रहरीबाट निलम्बन गरिएको थियो ।