बैंकक- थाइल्यान्डको एक स्कुलमा प्रहरीका पूर्वअधिकृतले अन्धाधुन्द गोली प्रहार गर्दा ३१ जनाको ज्यान गएको छ।
Advertisement
प्रि स्कुल चाइल्ड डे केयर सेन्टरमा पूर्वप्रहरी अधिकारीले अन्धाधुन्द गोली चलाएका हुन्। गोली चलाएर उनी फरार छन्।
थाइल्यान्डको उत्तर–पूर्वस्थित नोङ बुआ लाम्फू इलाकामा उक्त घटना भएको हो। प्रहरीका अनुसार मृत अधिकांश बालबालिका र बयस्क छन्।
आक्रमणकारीले बालबालिका र बयस्कहरूमाथि गोली प्रहार मात्र गरेनन्, कतिपयलाई चक्कु प्रहार पनि गरेका थिए। आक्रमणको कारण पत्ता लागेको छैन। अमेरिकामा जस्तै थाइल्यान्डमा पनि गोली प्रहारका घटना भइरहन्छन्। सन् २०२० मा एक सैनिकले २१ जनाको हत्या गरेका थिए।