• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जनाको मृत्यु


    Avatar photo
बिहिबार, असोज २०, २०७९ मा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिका-३ महाराजगञ्जस्थित सडकमा बा.४२ प ३३१४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा स्कुटर चालक नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज खाडीपाखा बस्ने २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

रूपन्देही रोहीणी गाउँपालिका-३ धकधईस्थित सडकमा लु.१ ज २८५३ नम्बरको कारले लु.४१ प ९८७ नम्बरको स्कुटरलाई बुधबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार बुटबल उपमहानगरपालिका-११ देवीनगर बस्ने २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही ईश्वरपुर नगरपालिका-१२ घारी बथानस्थित सडकखण्डमा बा.२ ज २१०२ नम्बरको ट्याक्सीको ठक्करबाट पैदलयात्री लालबन्दी नगरपालिका-१४ बस्ने सोम बहादुर दोङ्गका ६ वर्षीय छोरा ज्ञानी दोङ्गको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की पोखरा महानगरपालिका-२ अर्चलबोटस्थित सडकखण्डमा ग.७ प २५९२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर पल्टिदा स्कुटर चालक सोही महानगरपालिका-१३ भद्रकाली बस्ने २९ वर्षीय विशाल नेपालीको बुधबार बेलुकी मृत्यु भएको छ ।

झापा शिवसताक्षी नगरपालिका-१ फुलवारी चोकस्थित सडकमा प्रदेश १-०१-००२ ह ७२९ नम्बरको सिटी सफारी र प्रदेश १-०१-०१३ प ७३०८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालक ३५ वर्षीय कमल मिश्रकी २ वर्षीया छोरी संस्कृती मिश्रको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । सिटी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी लोहारपट्टी नगरपालिका-३ स्थित सडकमा ज.२ प ३८९४ नम्बरको मोटरसाइकल र प्रदेश-२-०२-००५ प ५८०० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा प्रदेश-२-०२-००५ प ५८०० नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय नसिब नदाफको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोदावरी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अर्का मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुर पुनर्वास नगरपालिका-११ अमरबस्तीस्थित सडकखण्डमा से.७ प ४७६५ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने २३ वर्षीय गुड्डु राना र मोटरसाइकलमा सवार कञ्चनपुर पुनर्वास नगरपालिका-१० बिकासबस्ती बस्ने २२ वर्षीय बिशाल राना रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा जितपुरसिमरा उपमहानगरपालिका-४ स्थित सडकमा ज.४ प २०३७ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१८ बस्ने ७० वर्षीया दुर्गा देवी ढुंगेलको बुधबार दिउँसो मृत्यु भएको छ । मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बिहिबार, असोज २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.