• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पुनःनिर्माण नहुँदा पुरातात्विक मन्दिर सङ्कटमा


मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित

काठमाडाैं : ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको पर्वतको कुश्मा नगरपालिका–१२ स्थित कालीका मन्दिर समयमै जिर्णोद्वार नहुँदा सङ्कटमा परेको छ।

Advertisement

ठूलीपोखरीको बाटुलेचौरमा रहेको प्राचिन शिव तथा कालीका मन्दिरको मुख्य मन्दिर तथा संरचना संरक्षण र पुर्ननिर्माण नहुँदा सङ्कटमा परेका हुन्। पुरातत्व विभागले पुराना मठ मन्दिर तथा पुरातात्विक संरचनाको संरक्षणमा करोडौँ रुपैयाँ खर्च गर्ने भए पनि कालीका मन्दिरमा भने कुनै चासो नदिएको मन्दिर संरक्षण समितिको आरोप छ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुनःनिर्माणका लागि केही वर्ष पहिला बजेट विनियोजन भए पनि पुरातत्व विभागले काम गर्न नदिँदा समस्या भएको समितिका सचिव विश्व लामिछानेले बताए। मन्त्रालयको आव २०७७/७८ को बजेटबाट रु २० लाख विनियोजन भएको भए पनि पुरातत्व विभागले मन्दिरको पुनःनिर्माण गर्न विभागले नै अनुमति दिनुपर्ने र सो बजेट प्रर्याप्त नभएको भन्दै रोकेपछि काम हुन सकेको छैन।

एक सय १५ वर्ष पुरानो मन्दिर २०७२ सालको भुकम्पका कारण चर्केको, छाना चुहिने भएको कारण मर्मत गर्नुपर्ने भए पनि कुनै निकायले चासो दिएको पाईँदैन। समयममा मर्मत नगर्दा मुख्य मन्दिरको भित्रि भागमा समस्या रहेकाले पुजा गर्न समेत डर लाग्ने पुजारी देवराज सुवेदीले बताए। ‘ठूलो पानी परेका बेला पुजा गर्न डर लाग्छ,’ उनले भने, ‘कुन बेला छाना खस्ने हो भन्ने चिन्ता हुन्छ।’

ऐतिहासिक महत्व बोकेको र हजारौँ दर्शनार्थी आउने सो मन्दिर संरक्षणका लागि प्रयाप्त बजेट विनियोजन नहुँदा काम गर्न समस्या हुने गरेको व्यवस्थापन समितिले जनाएको छ। प्राचिन मुर्तिहरु रहेको उक्त मन्दिरमा २०३२ सालमा कालीकाको बहुमुल्य मूर्ती चोरी भएको थियो। सो मूर्ति हालसम्म फेला पार्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेलले बताए। मन्दिरबाट पुरातात्विक महत्वका हातहतियार, पुरान शंख। घण्टीलगायत सामान र मूर्ति हराएका छन्।

राजा दशरथले आफ्ना भाञ्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पुजाआजा तथा मन्दिर निर्माण गरिएको किवँदन्ती छ। भृगु ऋषिको तपस्या स्थल समेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाको समेत संरक्षण नहुँदा चोरीको खतरा छ। संरक्षण अभावमा मन्दिरका विभिन्न पुरातात्विक समान विभिन्न समयमा हराएका पुजारी देवराज सुबेदी बताउ।

स्थानीयवासीका अनुसार मन्दिर रहेको मुख्य ठाउँमा करिब दुई सय वर्ष पुराना संरचना छन्। विसं १९७० मा पण्डित कृतिनाथ उपाध्यायले निर्माण गरे पछि नियमित पुजा हुँदै आएको छ।

मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.