• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राष्ट्रपति भण्डारीको उपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ


आइतबार, असोज १६, २०७९ मा प्रकाशित

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा विशेष ‘फूलपाती बढाइँ समारोह–२०७९’ सम्पन्न गरिएको छ।

Advertisement

फूलपाती बढाइँ समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति भण्डारीमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरेको थियो।

हिन्दू नेपालीहरुको महान पर्व बडादसैंको सप्तमी तिथि (फूलपाती) को दिन आयोजना हुने उक्त समारोहमा नेपाली सेनाद्वारा प्रस्तुत परेड, राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट गरिएको बढाइँको राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित विशिष्ट महानुभावहरुले रुचिपूर्वक अवलोकन गरेका थिए।

उक्त समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगणलगायत सरकारी निकायका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो। फूलपाती बढाइँ समारोहअन्तर्गत आयोजित परेड प्रदर्शनमा सेनाले दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरेको थियो।

सेनाको बढाइँ टोलीले राइफलबाट विभिन्न पाटाहरुबाट छिटो लहरे, एकठ्ठा र दुर्गायन्त्र आकृतिसमेत बनाई बढाइँ गर्नुका साथै तोपबाट पनि बढाइँ गरेको थियो । यस्तै कार्यक्रममा नेपाली सेनाको महिला गुल्मसमेत सम्मिलित टोलीबाट मार्च पास प्रदर्शन गरिनुका साथै नेपाली सेनाको ब्यान्डबाट मालश्री धुन तथा दुर्गा भजनको धुनसमेत प्रस्तुत गरिएको थियो ।

कोभिड–१९ सङ्क्रमणका कारण अघिल्लो वर्ष साङ्केतिकरूपमा मात्रै फूलपाती बढाइँ गरिएको थियो । बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।

गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गर्ने चलन छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरुको बाक्लो उपस्थिति थियो ।

आइतबार, असोज १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.