काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं-१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन्।
Advertisement
केही दिन अघि मात्र राप्रपाका बरिष्ठ उपाध्यक्ष बनेका मिश्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उम्मेदवारी घोषणा गरेका हुन्।
उनी २०७४ सालको चुनावमा पनि तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका थिए। उक्त चुनावमा उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए।
मिश्रको उम्मेदवारी घोषणा सभामा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत नेता कार्यकर्ता उपस्थित थिए।