काठमाडाैं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अबुल्लाह अलमुताइरीको राजीनामा स्वीकृति गरेको छ। असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले राजीनामा स्वीकृत गरेको हो।
Advertisement
एसियन कप छनोट खेलेपछि कुवेतमै रहेका अल्मुतइरीले तीन साताअघि सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिम छाड्ने घोषणा गरेका थिए। बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले प्रदीप हुगमागाईंलाई कार्यबाहक मुख्य प्रशिक्षक नियुक्त गरेपछि अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका थिए।