• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उपत्यका बाहिर जाने यात्रुलाई टिकटमा ठगी गर्ने ३३ पक्राउ


बुधबार, असोज १२, २०७९ मा प्रकाशित

काठमाडाैं : काठमाडौँ उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन्।

Advertisement

यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ। यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिए। कार्यालयले दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ।

खराब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन गर्दा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नियन्त्रणका लागि ठाउँठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको प्रवक्ता भट्टले जानकारी दिए। आजसम्मको सवारीसाधन खराब अवस्थामा सञ्चालन गर्ने ९८ लाई कारवाही गरिएको छ। कतिपय सवारी साधनमा हातले लाग्ने ब्रेक काम नगर्ने र कतिपयको पाङ्ग्रा खराब अवस्थामा पाइएको उनले बताए। उनले भने, ‘पाङ्ग्रा नै प्वाल पर्न लागेको अवस्थामा समेत चलाएको पाइएको छ ।’

कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। आज बिहानसम्म दुई जना यात्रुको मात्रै गुनासो आएको प्रवक्ता भट्टले बताए। लामो दूरी लक्षित गरी कलङ्की, थानकोट, हलचोक, माछापोखरी, चावहिल, सातदोबाटो, बल्खु, कोटेश्वर, पुरानो बसपार्कमा यात्रु सहायता कक्ष रहेका छन्।

उपत्यकाको विभिन्न स्थानमा नियमित ३६ स्थानमा जाँच गरिँदै आएकामा अहिले चाडपर्वमा लक्षित गरेर ३५ स्थान थप गरिएको कार्यालयले जनाएको छ। उपत्यकामा धेरै एकै पटक बाहिरिएर सडक चाप कम हुँदा तीव्र गतिमा र मादक चलाउने हुँदा त्यो नियन्त्रणका लागि जाँच बढाउन लागिएको हो।

काठमाडौँ उपत्यकाबाट बाहिरिने नाकाहरुको सवारी साधन जाँचमा कडाइ गरिएको कार्यालयले जनाएको छ। उपत्यकाबाट बाहिरिने स्थानमा सिट क्षमताका आधारमा यात्रु राखेको वा नराखेको, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको वा नचलाएको, दुई जना चालक राखेका वा नराखेको, सवारी साधनको बिमा गरेको वा नगरेको र सवारीसधनको अवस्था कस्तो छ जाँच गरिरहेको उनले जानकारी दिए।

दैनिक एउटाएउटा गरी नाकामा लागुपदार्थ सेवनसम्बन्धी जाँच गरिएको प्रवक्ता भट्टले बताए। आज तीन जना चालक फेला परेर कारबाही अघि बढाइएको छ । तीव्र गतिमा सवारी साधन चलाएको जाँच भइरहेको छ । क्षमताभन्दा बढी सङ्ख्यामा यात्रुलाई बोक्ने गर्ने वा छतमा यात्रु राख्ने सवारी साधनलाई कारबाहीका लागि ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

कार्यालयले बढी किनमेल बजार क्षेत्रमा सवारी साधनको चापलाई विचार गरेर थप ट्राफिक प्रहरी खटाएर व्यवस्थापन सुरु गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए। न्युरोड क्षेत्रका लागि त्यहाँ जाने सवारीसाधनलाई खुल्लामञ्चमा पार्किङको व्यवस्था गरिएको उनले बताए।

कार्यालयले उपत्यकाबाट बाहिर जाने सवारीसाधलाई पनि मादक पदार्थ सेवन र लागुपदार्थ सेवनको जाँच गरिरहेको छ। चाडपर्वको समयमा मेला लाग्ने गुहेश्वरी, कमलपोखरी बागमती किनार, बल्खु दोभानलगायत स्थानमा सवारीसाधन डाइभर्ट गरिएको छ भने त्यहाँ आउने सवारी साधनलाई पार्किङको व्यवस्था मिलाइने उनले बताए।

उपत्यका र उपत्यका बाहिर सञ्चालन हुने सवारी साधनलाई समेत लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ । उपत्यकामा पनि विगतका वर्षहरुमा दसैँमा धेरै सवारी साधन बाहिरिएर सडक खुकुलो हुँदा चालकहले बढी गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दुर्घटना बढी हुने गरेको थियो ।

चाडपर्वका समयमा एकै पटक धेरै सवारी साधन बाहिरिने हुँदा दुर्घटनाको जोखिम रहेको छ । कार्यालयले उपत्यकामा सवारी साधन व्यवस्थापन गर्ने र उपत्यका बाहिर प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गर्छ । चाडपर्वको समयमा अरु समयभन्दा बढी जनशक्ति घटाएर सवारी जाम हुन नदिन र दुर्घटना हुन नदिन लाग्ने गरिएको कार्यालयले जनाएको छ । सडकमा सवारी साधन व्यवस्थापनकै लागि धेरै ट्राफिक प्रहरी दसैँ, तिहारलगायत चाडका समयमा सोत ड्युटी गर्दै आएका छन् । उनले भने, ‘थोरै सङ्ख्यामा घर गए पनि धेरै दसैँभर पनि खटिने गरिएको छ।’

बुधबार, असोज १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.