काठमाडाैं : काठमाडाैं महानगरपालिकाले न्यूराेडमा चार पांग्रे सवारी निषेध गर्ने भएकाे छ। दसैंकाे फूलपातीकाे दिनसम्मकाे लागि चार पांग्रे सवारी निषेध गर्ने निर्यण गरेकाे हाे।
Advertisement
दसैंका लागि किनमेल गर्न आउँदा चार पांग्रे सवारीका कारण ट्राफिक अस्तव्यस्त हुने भन्दै काठमाडौं महानगरपालिका र उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले सवारी आगमन निषेध गर्ने निर्णय गरेका हुन् ।
न्यूरोडमा क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरेर न्यूरोड गेटभित्र प्रवेश गर्ने यात्रुवाहक,मालवाहक तथा निजी चार पांग्रे सवारी साधानलाई बिहान १० बजदेखि साझ सवारी चाप नहुञ्जेलसम्म निषेध गरिएको हो ।
ती सवारी साधनको पार्किङका लागि खुलामञ्जमा व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।