• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी


बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित

काठमाडाैं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रुपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिएकी छन। सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित भृकुटीमण्डप परिसरमा आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सङ्घ संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन परिषद् कटिबद्ध रहेको बताइन।

Advertisement

मन्त्री रेग्मीले सामाजिक सङ्घ संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनाको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही भई काम गर्न आग्रह गरिन । उनले नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिइन। मन्त्री रेग्मीले मुलुक सङ्घीय संरचनामा गइसकेको विद्यमान अवस्थामा परिषद्ले आफ्नो भूमिकालाई समय सापेक्ष परिमार्जन गर्दै परिषद्को संरचनागत विस्तर गर्नुपर्ने आवश्यकता रहेको बताइन।

परिषद्बाट गरिने सेवालाई सहज र छिटोछरितो बनाउन विद्युतीय माध्यमबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन। परिषद्बाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीतिअनुरुप परियोजना सञ्चालन गर्नेगरी सङ्घ संस्थालाई प्रोत्साहन गर्ने कार्यको सुरुआत गरिएको उनले जानकारी दिइन।

‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेसी समाज निर्माणमा सङ्घ संस्थाको योगदान’ भन्ने नाराका साथ सामाजिक दिवस मनाइएको हो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले मुलुकको सर्वाङ्गीण विकासमा सामाजिक शक्ति परिचालन गरी सरकारको प्राथमिक लक्ष्य हासिल गर्न गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका हुने बताइन।

उनले एकद्वारा सूचना प्रणालीको विकास गर्दै प्रभावकारी अनुगमन सुशासन कायर्म गर्न सरोकारवाला संस्था गम्भीर हुनुपर्ने बताइन। सचिव शर्माले नीतिगत कानुनी र संरचनागत सुधार गरी गैरसरकारी संस्थाको कार्यक्षमतालाई व्यवस्थिजत र पारदर्शी बनाइनुपर्नेमा जोड दिइन।

परिषद्का सदस्यसचिव मनोज भट्टले नेपाल सरकारको विकास अभियानलाई साकार तुल्याउन गैरसरकारी संस्थामार्फत हुने लगानी/भूमिकालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा सुनिश्चित गर्न परिषद् लागि परेको जानकारी दिए। उनले गैरसरकारी संस्थाका काम स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा गर्ने, कामलाई निष्पक्ष, पारदर्शी र जवाफदेही बनाई एकद्वारा नीतिअनुरुप व्यवस्थित बनाइने बताए।

दिवसका अवसरमा भृकुटीमण्डपमा एक दिवसीय प्रदर्शनी आयोजना गरिएको छ । एक सय प्रदर्शनी कक्षमा सामाजिक संस्थाले समाजमा गरेका विकास र उत्पादन सामग्रीको ‘डेमो’ प्रदर्शन गरिएको छ । तिलगङ्गा आखा अस्पतालले पनि आँखा दान महादान अभियान सुरु गरेको छ । उक्त प्रदर्शनी कक्षको प्रधानमन्त्री देउवाले उद्घाटन गरे। सोही अवसरमा प्रधानमन्त्री देउवाले समाजकल्याण परिषद्को ‘डिजिटल पोर्टल’ शुभारम्भ गरे। परिषद्ले अनलाइनबाट सेवा प्रर्वाह गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त पोर्टलमार्फत अनलाइनबाट गैरसरकारी संस्था दर्ता, नवीकरण र कार्यालयका सबै कागजात अभिलेख राखिने जनाइएको छ ।

आर्थिक वर्ष २०७८/७९ को अन्तसम्म परिषद्मा आवद्ध कूल राष्ट्रिय गैर सरकारी संस्था ५४ हजार १५ वटा रहेका छन् भने दुई सय हाराहारी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छन् ।

बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.