काठमाडौं- एमालेले संविधान दिवसको अवसरमा शनिबार पदयात्रा (वाकाथन) आयोजना गरेको छ।
Advertisement
बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुर कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेर समापन भएको थियो। पदयात्रामा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत शीर्ष नेताको सहभागिता थियो।
पदयात्रामा नेता–कार्यकर्ताले नेपाली झण्डा लिएका थिए। संविधानसभाबाट पाएको संविधानको रक्षा गर्नका लागि पदयात्रा गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। पदयात्रामा एमाले नेता तथा कार्यकर्ता, पार्टीका जनवर्गीय संगठन र एमालेप्रति शुभेच्छा राख्नेहरूको सहभागिता थियो।