काठमाडाैं : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई शुक्रबार पनि बाेलाएकाे छ। पुरक प्रश्नकाे बयान लिने क्रम नसकिएपछि शुक्रबार बिहान ९ बजे बोलाएको हाे।
Advertisement
बिहीबार समितिले निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा नाम लिएका अधिवक्ताहरूसँग छलफल गरेको थियो । बिहीबार समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरेको थियो ।
बयानका क्रममा जबराले पूर्वप्रधानन्यायाधीशहरूलाई पनि असान्दर्भिक प्रसंगमा तान्दै लाञ्छना लगाएका थिए। समितिले भदौ १५, १६, १९, २६ र २८ मा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिएको थियो।