काठमाडाैं : जिल्ला अदालत तनहुँले अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि असोज २ गतेलाई पेसी तोकेको छ।
Advertisement
अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी दिए।
नाबालिगलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाई हुने भनिएको थियो। तर त्यस दिन न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन।
उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर नवलपुरले उनलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ।
त्यसविरुद्ध पलले उच्च अदालतमा जाने तयारी गरेका छन्।