काठमाडौं- नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारमा उजुरी परेको छ।
Advertisement
प्रहरीको काठमाडौं परिसरमा उनीविरुद्ध मंगलबार साँझ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेको हो।
क्रिकेटर लामिछानेविरुद्ध परेको उजुरीबारे बुधबार मात्र थप जानकारी दिइने प्रहरीले बताएको छ। उजुरी दिने किशोरीको मंगलबार नै स्वास्थ्य परीक्षण गरिसकिएको प्रहरीले जनाएको छ।
लामिछानेले ५ भदौमा काठमाडौंको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ। त्यसको भोलिपल्ट लामिछाने टी–२० शृंखलामा सहभागी हुन केन्या उडेका थिए।