काठमाडाैं : काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा फुटपाथ मिचेर अवैध रुपमा निर्माण गरिएको संरचना हटाउन डोजर चलाएको छ।
Advertisement
डाेजरकाे सहायताले महानगरपालिकाले फुटपाथ मिचेर राखिएको होर्डिङ बोर्डं, होटल, टहरा लगायतका संरचना हटाएको हो।
३५ दिने सूचना प्रकाशन गरी अनधिकृत संरचना हटाउन गरिएकाे आग्रह वेवास्ता गरेपछि आफूहरु बाध्य भएर डाेजर लगाउनु परेकाे महानगरपालिकाले जनाएकाे छ।
महानगरले ३२ वटै वडामा अनधिकृत संरचना हटाउने क्रम जारी रहने बताएको छ।