काठमाडाैं, भदाै १५ : पछिल्लाे २४ घन्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Advertisement
देशभर गरिएको २ हजार ४ सय ८५ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ४७ जनामा कोरोना संंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप १ सय ७५ जना निको भएका छन्। हाल नेपालमा ३ हजार १ सय ९४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।