काठमाडौँ । न्यूयोर्कमा भारतीय महावाणिज्य दूतावासले शुक्रबार न्यूयोर्कमा हिन्दू मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति तोडफोडको कडा निन्दा गरेको छ ।
Advertisement
न्युयोर्कस्थित भारतीय कन्सुलेटले ‘घृणित कार्यका’ लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन अमेरिकी अधिकारीसँग अनुरोध गरेको छ ।
‘न्युयोर्कको क्वीन्समा रहेको एक मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति तोडफोडको कडा निन्दा गर्दछौँ, हामीले यस घृणित कार्यका लागि जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउन पूर्ण अनुसन्धानका लागि अमेरिकी अधिकारीसमक्ष मुद्दा उठाएका छौंँ’, वाणिज्य दूतावासले एक विज्ञप्तिमा भनेको छ ।
एक व्यक्तिले मंगलबार महात्मा गान्धीको मूर्तिलाई ह्यामरले हिर्काएको देखाएको छ । मूर्तिको टाउको फुटाउनुअघि यसलाई माथि फ्याँकिएको थियो ।