काठमाडौँ । सरकारले निजामती कर्मचारीबीच नै असमान तलब बढाएपछि नायब सुब्बाले आज पनि देशभर विरोध गरेका छन् । शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यभन्दा धेरै बढाइएपछि नायब सुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् ।
Advertisement
तलवमान वृद्धि समान हुनु पर्ने माग राख्दै उनीहरूले तेस्रो दिन पनि आन्दोलन गरेका हुन् । नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गरी आन्दोलन गर्ने भएका हुन् ।
कर्मचारीले खाजा खाने समयमा (दिउँसो १ देखि २ बजेसम्म) भने सबै नासुहरूले काम गर्ने भएका छन् ।