काठमाडौँ । काठमाडौँ उपत्यकामा गएराति परेको वर्षाले प्रहरी प्रभाग काँडाघारीको भवन डुबाएको छ । बाढीले कार्यालयका सामानसमेत बगाएको प्रहरीले जनाएको छ ।
Advertisement
कार्यालय भवनको एक तल्लाको पूरै डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचरलगायतका सामान बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङमा राखिएका तीनवटा मोटरसाइकलसमेत बगाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेसम्म ७५.१ मिलिमिटर पानी परेको थियो ।