काठमाडौँ । सरकारले असमान ढंगले कर्मचारीको तलब वृद्धि गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको कार्यक्रमअनुसार भोलि मंगलबार नायव सुब्बा कर्मचारी बिदामा बस्ने भएका छन् ।
Advertisement
आज सिंहदरबारमा सबै कर्मचारीहरूले ‘पेन डाउन’ गरेका छन् । भोलि देशभरिका नासु कर्मचारीले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।
असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन् ।