काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष महाधिवेशन गर्ने बताएका छन् ।
Advertisement
प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन गर्ने बताएका हुन् । ‘छिटोभन्दा छिटो महाधिवेशन गर्दै छौँ, त्यहाँ समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण र अन्य विषयमा छलफल हुन्छ,’ उनले भने ।
माओवादीले गत पुसमा आठौं महाधिवेशन गरेसँगै पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन केन्द्रीय कमिटी बैठक जारी छ ।